लीला पुरुषोत्तम भगवान् श्रीकृष्ण (Lila Purushottam Bhagavan Sri Krishna)
Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद
Description
यो पुस्तक पाँच हजार वर्ष अघि पृथ्वीमा प्रकट हुनुभएका भगवान् श्रीकृष्णको असाधरण क्रियाकलापहरूको मूल लेखाजोखा हो। उहाँले धेरै शताब्दीसम्म मानिसहरूलाई कसरी प्रसन्न पार्नु भयो वा मोहित पार्नु भयो त्यसको बारेमा थाहा पाउनु होस्। त्यो नै समृद्ध आध्यात्मिक संस्कृतिको लक्ष्य हो जुन भारतमा हजारौं वर्षदेखि फैलिइरहेको छ। आजका दिनमा पनि भगवान् श्री कृष्णको स्मरण र महिमा कला, निर्माण विधा, नाटक, संगीत, नाच र दर्शनका विशाल वा भव्य उपलब्धीका रूपमा गरिन्छ। पाँच हजार वर्ष अघि भगवान् श्रीकृष्ण आफ्ना शाश्वत क्रियाकलापहरूको प्रदर्शन गर्न आध्यात्मिक जगत्बाट अवतरित हुनुभएको थियो। उहाँका कार्यहरूले भगवान्को पूर्ण अवधारणा प्रकट गर्दै हामीलाई पुन: उहाँसँग जोडिन वा सम्मिलित हुन आकर्षित गर्दछ। ती विशेष वा थाहा नहुने विषय हुन् जसको हामीले ध्यान गर्न पर्दछ। भगवान् श्रीकृष्णको जीवन मन लोभ्याउने वा मोहित पार्ने र अत्यन्त मनोरन्जनात्मक छन् त्यसैले बच्चाबच्चीले पनि यी कथाहरू मन पराउँदछन्। उहाँको जीवन गहिरो दार्शनिक ज्ञान र आध्यात्मिक अन्तर्दृष्टिले भरिएको छ साथै व्यक्तित्व, विचारहरू र भगवान्को अनुभूतिको लागि एउटा झ्याल जस्तै छ। जसले यो पुस्तक पढ्ने समय निकाल्दछ ऊ समकालिन मानवको चासो वा सम्बन्धका लागि यसको कति सान्दर्भिकता छ त्यसबाट प्रभावित हुनेछ।
Sample Audio
Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.
Your IP Address: 216.73.216.223
Server IP Address: 169.254.130.2